असार ३२, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर्स किंग्सले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य सदस्य एवं चर्चित खेलाडी उषा भण्डारीलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । सुमिरा स्पोर्ट्स भेन्चरको स्वामित्वमा रहेको अन्नपूर्ण स्पाइकर किंग्स र स्टार आउटसाइड हिटर उषा भण्डारीबीच तीन वर्षका लागि सम्झौता भएको हो । सम्झौता अनुसार उषाले टोलीको प्रवर्द्धनात्मक गतिविधि र प्रचार (प्रसारमा सहयोग गर्नुका साथै अन्नपूर्ण स्पाइकर्स किंग्ससँग मिलेर नेपाली भलिबलको जग (ग्रासरुट) देखि नै यसको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछिन् ।
Photo : Pradeep kumar Shrestha /globalphotobank.com