कर्पोरेट क्रिकेट लिग सिजन–३ भदौ १८ देखि, २० टोलीको सहभागिता रहने
काठमाडौं । भेट्रान्स फोर्टी क्लबले कर्पोरेट क्रिकेट लिग ९सीसीएल० सिजन–३ आगामी भदौ १८ देखि २१ गतेसम्म आयोजना गर्ने घोषणा गरेको छ। प्रतियोगिता बुढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा सञ्चालन हुनेछ। आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका २० कर्पोरेट टोली सहभागी हुने जानकारी दिएको हो। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ। सिंगल राउन्ड रोबिन लिगपछि प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल (अन्तिम–८) मा प्रवेश गर्नेछन्। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ४७ खेल खेलाइने आयोजकले जनाएको छ भने कर्पोरेट क्रिकेट लिग सिजन–३ को प्रतियोगिताको सम्पूर्ण प्राविधिक तयारी पूरा भएको साथै प्रतियोगितालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित, निष्पक्ष र उच्चस्तरीय ढंगले सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी सम्पन्न प्राविधिक निर्देशक रबिन्द्र गुप्ताले बताउनु भयो ।