विश्व फोटोग्राफी दिवस राष्ट्रिय फोटो पत्रकारले गर्यो अध्यक्ष वन्तको फोटो प्रदर्शनी
काठमाडौं ( १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले एकल फोटो प्रदर्शनी आयोजना गरेको छ ।
संस्थाले यस वर्ष शीर्षकमा केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको एकल प्रदर्शनी आयोजना गरेको हो । आज भदौ ३ गते (अगष्ट १९) काठमाडौंको हनुमानढोका परिसरमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म चलेको प्रदर्शनीमा अध्यक्ष वन्तले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री कार्यकालमा अफिसियल फोटोपत्रकारको रूपमा खिचिएका करिब ६० फोटो प्रदर्शनमा राखिएका थिए । तीमध्ये अधिकांश फोटो नेपालका विभिन्न जिल्लाका भौगोलिक र पर्यटकीय क्षेत्रहरू हेलिकप्टरबाट खिचिएका हुन् ।
photo ; pradeep kumar shrestha/global photo bank.com