सि पि सेन्टर ललितपुरको धापाखेल स्थितमा रहेको छ । यस सेन्टरमा सेलिव्रेल पाल्सी भएका नानी बाबुहरुलाई उपचार गरिन्छ । उपचार भनेर निको हुने गरी उपचार गरिदिने स्थान होइन । नानी बाबुहरुको अबस्थालाई केही सुधार होस भन्ने उदेश्यले खोलेको एक गैर सरकारी सस्था हो । सेलेव्रेल पाल्सी जन्मीले वेलामा अक्सीजनको कमीले हुन्छ र आकस्मिक घट्नाबाट पनि हुन सक्छ । यो रोग होइन पुरै निको हुने यो एक अबस्था हो । पुरै निको हुने रोग चाही होइन । यस सेन्टर नानी बाबुहरुको लागि विभिन्न किसीमले सिकाई गराइन्छ । उपचारको रुपमा विशेषत थेरापीबाट गरिन्छ । यही तपाईहरु कोही यस सेन्टर भिजिट गर्न चाहनु हुन्छ भने सुमेरु अस्पतालको बाटो भएर जानु भयो भने पुगिन्छ ।
Photo : Pradeep Kumar shrestha