काठमाण्डौ भदौ १३ ः काठमाण्डौको यात्री स्वीट तथा स्पामा भएको टुरिष्ट वस एसोसिएसन अफ नेपालको १३ औ वार्षिक साधारण सभा तथा ७ अधिवेसन सम्पन्न भएको छ । यसै साधरण सभामा प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यबाट टुरिष्ट बस डटकम नाम अनलाईन टिकट बुक गर्ने एप्स र यात्रा कितावको लन्च भएको छ । आजै देखि उक्त सेवा हरेक ब्यक्ति वा सस्थाले आफुले चाहेको सिट नं लिने देखि गन्तब्य सम्म जानकोलागि सवैखाले जानकारी यस एप्सबाट लिन सक्केछन । साथै सभाका अध्यक्ष कृष्ण आचार्यले सभा विसर्जन संगै सर्व सम्मत भिष्म राज न्यापानेको नया कार्यसमिति बनेको घोषणा सहित सभा विसर्जन गर्नु भयो ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ