भाद्र २०, काठमाण्डौं ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईंले उच्च शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउनु आजको आवश्यक्ता रहेको बताउनु भएको छ ।
डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको काठमाण्डौको ४३ औं वार्षिकोत्सव समारोहको बिहीबार उद्घाटन गर्दै मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा रहेका चुनौतीहरु चिर्दै शिक्षालाई आशा लाग्दो क्षेत्र बनाउनु नै मुख्य चुनौती रहेको उल्लेख गर्नु भयो । “उच्च शिक्षामा थुप्रै चुनौती रहेका छन् । विश्वविद्यालयलाई पूणर् स्वायत्त बनाएर लैजानु पर्ने छ । अध्ययनको लागि विदेशिने विद्यार्थीको संख्या बढ्दो छ । बाहिर गए भनेर चिन्ता गरेरमात्र हँदैन् । आज हामीले बनाउने नीति १० वर्षपछिको पुस्तालाई सम्बोधन गर्ने खालको हुनुपर्छ ।” उहाँले भन्नुभयो । पद्यकन्या विद्याश्रम मा।वि।का पूर्व विद्यार्थी समेत रहनु भएकी मन्त्री भट्टराईले नारी शिक्षाको लागि डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ठूलो योगदान रहको चर्चा गर्दै क्याम्पसको समग्र विकासका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिविद्धता व्यक्त गर्नु भयो ।
Photo : Pradeep Kumar Shrestha