जनवादी गणतन्त्र चीनको ७५ औँ वार्षिकोत्सव तथा तेस्रो चाइना नेपाल मिडिया समिट काठमाण्डौंमा सम्पन्न_3rd China-Nepal media summit

September 26, 2024 Global Photo Bank 11 photos

असोज १०, काठमाडौँ जनवादी गणतन्त्र चीनको ७५ औँ वार्षिकोत्सव तथा तेस्रो चाइना नेपाल मिडिया समिट काठमाण्डौंमा सम्पन्न भएको छ। एस् ए टी भी तथा नेपाल चाइना मिडिया फोरम को सह आयोजनामा भएको कार्यक्रममा नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री सम्माननीय पृथ्वी सुब्बा गुरुङ, नेपाल स्थित चिनियाँ दूतावासका राजदूत छन् सोङ , नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेपाल स्थित चिनियाँ उद्यमीहरुको संस्थाका अध्यक्ष चु चिङ चुन, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा लगायतको उपस्थिति थियो। 
नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङ्ले आफ्नो मन्तव्य राख्दै नेपाल र चाइनाको सम्बन्ध सधैँ राम्रो रहेको कुरा गर्दै उहाँले चीनले सधैँ नेपाल र नेपालीको समृद्धि चाहेको बताउनु भयो। आफ्नो देशले ७५औँ स्थापना दिवस मनाइरहँदा धेरै खुट्किलाहरू चढेर आएकाले , गरिब देशको सुचीबाट धनी देशको सुचीमा पुग्दाका सङ्घर्ष र कथाहरूबाट सिकाउन सक्ने बताउनु भयो। नेपालको अर्थतन्त्रमा सहयोग पुर्‍याउन नेपालबाट उत्पादित वस्तुहरूलाई कर नलाग्ने व्यवस्था गरेको जानकारी गर्नु भयो। के गरेर नेपाल र चाइनाको बिचमा अझै समन्वय गरेर चाइनाबाट धेरै भन्दा धेरै फाइदा लिन नेपालले सक्नु पर्ने र त्यसका लागि सञ्चारमाध्यमहरूले गर्नु पर्ने पनि उहाँले भन्नु भयो।  
कार्यक्रमका प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङले उपस्थित भएर प्रमुख आतिथ्य गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो। उहाँले नेपाल र चीन बिचको लामो सुमधुर सम्बन्ध रहँदै आएको सम्झँदै ७५ औँ स्थापना दिवसको शुभकामना व्यक्त गर्नु भयो। प्रायः समय पत्रकारिता क्षेत्रको विकास र ती क्षेत्रले देश तथा छिमेकमा ल्याउने सकारात्मक परिवर्तनको व्याख्या गर्नु भयो । नेपाललाई चीन सरकारले पूर्वाधार विकासमा पनि महत्त्वपूर्ण सहयोग गर्दै आएको र यस सहयोगमा बढोत्तरीको आशा राखेको उहाँले बताउनु भयो।  एस् ए टी भी का अध्यक्ष तथा आयोजक हौ सि होङ् ले यस सुमधुर समयमा भएको कार्यक्रममा सहभागी भएर कार्यक्रमको शोभा बढाइदिनु भएकोमा अतिथिहरूलाई धन्यवाद ब्यक्त गर्नु भयो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment