काठमाडौं असोज १० गते संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताउुन भएको छ ।
विहीबार नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित एटिसी सिमुलेटर तथा आधारभुत एयर ट्राफिक सर्भिस तालिमको उद्घाटन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो । मन्त्री पाण्डेले भन्नुभयो, कुनेै पनि शैक्षिक प्रतिष्ठानमाथि सरकारले आँखा लगाउनु हुँदैन । नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा २०७६ सालमा सरकारले नै फिर्ता लिएको रहेछ । शैक्षिक प्रतिष्ठानको जग्गा कसैले खोस्न मिल्दैन । सम्मानीय प्रधानमन्त्री स्वदेश फर्किएपछि उहाँलाई भेटेर फिर्ता ल्याउने प्रक्रियाको बारेमा कुरा गर्ने वचनवद्वता व्यक्त गर्दछु।