ghanshyam kandel

बागलुङ जिल्ला तात्कालीन बिहुँकोट गाउँ विकास समिति वार्ड नं ४ अहिले काठेखोला गाउँपालिका वार्ड नं ६ मा जन्मिएका सेफ घनश्याम कडेल अहिले जापानमा सेफ पेशामा र आफ्नै व्यवसाय सक्रिय छन् । किचन हेल्परदेखि प्रमुख सेफ हुँदै ब्यावसायी समेत बनेका कडेल जापान, अमेरिकादेखि क्यानाडासम्म नेपाली खानाको प्रचारमा जुटेका छन् । हिमालयन स्वादको गहिरो जरा र टोकियोमा ३० भन्दा बढी रेस्टुरेन्टहरूको पाएको अनुभवलाई सेफ कडेल विश्वव्यापी पाक शैलीमा योगदान दिने मध्ये अग्रणी छन् । उनका शब्दहरूमा, “खाना भनेको केवल परिकार मात्र होइन, यो मानिसहरूलाई जोड्ने पुल हो। पाकलाई आफनो पेशा ठानेका सेफ कडेलले आफनो नवीनतम कुकबुक, “टिमुर” मा पनि स्थापित परम्पराको सम्मान गर्दै नयाँ स्वादहरूको खोजीमा सीमाना नाघ्ने एउटा कथाका रुपमा लिएका छन् । १२ कक्षासम्म पढाइ सकाएपछि अरु पढ्ने इच्छा हुँदाहुँदै पनि पढ्ने वातावरण नहुँदा र आफ्नो जिम्मेवारी र भविष्यको पिरलो बढ्दै जाँदा अवसर र विकल्प खोज्दै जाँदा आफू भारत पुगेका सेफ कडेल दाजुको प्रेरणबाट यो पेशामा लागेका हुन् ।

तस्वीर संकलन ः दिपक काफ्ले