माई नगर अस्पतालको उद्घाटन

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज उद्घाटन गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहको उल्लेख गर्दै देखिएका अरु समस्याको समाधानमा थप केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मदन भण्डारी राजमार्ग यसै गाउँपालिकाबाट जाने भएकोले आधुनिक तरिकाबाट व्यावसायिक उत्पादन र खेती तथा बजार विस्तारमा लाग्न स्थानीयबासीलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीलाई नगरप्रमुख खम्बा सिंह लिम्बूले मागपत्र बुझाउनुभएको थियो ।

photo ; dinesh bhandari/pm office