काठमाडौँ । दक्षिण एसियाली महिला कलाकारको नारीवाद सम्बन्धी वृहत् कला प्रदर्शनी काठमाडौँमा सुरु भएको छ । फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने कार्यक्रमको परिकल्पनाकार डा।अर्शिया लोखन्डवाला बताउँछिन् । तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा काठमाडौँको बौद्धस्थित तारागाँउ सांस्कृतिक केन्द्रमा सुरु भएको प्रदर्शनी तीन महिना सम्म अवलोकन गर्न पाइने छ । प्रदर्शनीमा दक्षिण एसियाका १० जना महिला कलाकारको सिर्जना राखिएको छ ।
https://youtu.be/9dgHpXnAG6s?si=sKd0OTWpS-AMEw6z
प्रदर्शनीको टिकट शुल्क विद्यार्थीका लागि दुई सय तोकिएको छ भने अन्य अवलोकनकर्ताले तीन सय तिर्नु पर्ने छ ।
उदुघाटन सत्रमा लिएका तस्वीरहरु
Photo : pradeep kumar Shrestha / global photo bank.com